आइसिसी महिला टी–२० विश्वकप एसिया छनोट : नेपालले बहराइनलाई हरायो

शनिबार, २७ बैशाख, २०८२
डिजिटल संस्करण

नेपालले आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा बहराइनविरुद्ध ९ विकेटको सहज जित निकालेको छ। शनिबार थाइल्यान्डको ट्रेडथाई क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको बहराइनले निर्धारित पाँच ओभरमा एक विकेट गुमाउँदै ४२ रनको योगफल तयार पारेको थियो। नेपालले चार बाल बाँकी रहँदा १ विकेट गुमाएर पूरा गर्यो। 

वर्षाका कारण टसमा ढिलाइ भएपछि खेललाई पाँच ओभरमा झारिएको थियो। जितसँगै दुई खेलमा तीन अंक जोडेको नेपाल समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ। नेपाल र हङकङको पहिलो खेल वर्षाले रद्द भएको थियो। नेपालका लागि कविता कुँवरले १८, सम्झना खड्काले अविजित १३ र कप्तान इन्दु बर्माले अविजित सात रन बनाए।

त्यसअघि बहराइनका लागि अविजित रहेका दीपिका रसंगिकाले ३४ र थरङ गजनायकेले तीन रन बनाए। नेपालका लागि एक मात्र विकेट पूजा महतोले लिइन्। अब नेपालले आफ्नो तेस्रो खेलमा मंगलबार हङकङको सामना गर्नेछ।

 

सुझावित समाचार