विपरीत विचारलाई निषेध गर्नुको साटो गणतन्त्रप्रति आशा जगाउने काम गर्नुस् : लिङ्देन

शुक्रबार, २६ बैशाख, २०८२
डिजिटल संस्करण
विपरीत विचारलाई निषेध गर्नुको साटो गणतन्त्रप्रति आशा जगाउने काम गर्नुस् : लिङ्देन

फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले फरक विचारलाई निषेध गर्नुको साटो गणतन्त्रप्रति आशा जगाउने काम गर्न सरकारलाई आग्रह गरेका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै लिङ्देनले भने, ‘सरकारले यसप्रकारको निषेधका कुराहरू आफ्नो नीति तथा कर्यक्रममा लेख्नुभन्दा राज्यआतंक सिर्जना गर्ने खालको, विपक्षी विचारलाई निषेध गर्ने खालका आफ्नो दृष्टिकोणहरू प्रस्तुत गर्नुको बदला गणतन्त्रप्रति आशा जगाउने काम गर्नुस् न अघिल्लो सरकारले भने जस्तो।’

गणतन्त्र र संविधानमा  भएका केही व्यवस्थाप्रति फरक मत राख्नेहरूलाई निषेध गर्ने गरी सरकारले नीति तथा कार्यक्रम ल्याएको उल्लेख गर्दै लिङ्देनले यस्तो बताएका हुन्।

वर्तमान संविधानले दिएको सुविधाअन्तर्गत नै राप्रपाले आफ्ना मान्यताका कुराहरू उठाइराखेको प्रस्ट पार्दै उनले संसद्को अंकगणितका कारण उक्त नीति कार्यक्रम संशोधन पेस नगरेको प्रस्ट्याए।

सुझावित समाचार