विश्वकप एसिया छनोट : नेपाल र हङकङबिचको खेल रद्द

शुक्रबार, २६ बैशाख, २०८२
डिजिटल संस्करण

आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको नेपाल र हङकङबिचको खेल रद्द भएको छ। थाइल्यान्डमा आजदेखि सुरु भएको क्वालिफायर खेलअन्तर्गत नेपाल र  हङकङबिचको खेल बिहीबार परेको पानीले मैदान भिजेपछि टससमेत नभई रद्द भएको हो। यससँगै दुवै टोलीले समान एक–एक अंक बाँडेका छन् । 

नेपालले अब आफ्नो दोस्रो खेल यही वैशाख २९ गते हङकङसँग खेल्नेछ। क्वालिफायरमा आयोजक थाइल्यान्डसहित नेपाल भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युएई सहभागी छन्। जसलाई तीन समूहमा विभाजन गरिएकाे छ।

नेपाल समूह ‘सी’मा परेको छ। नेपालको समूहमा हङकङ र बहराइन छन् । यसैगरी, समूह ‘ए’मा आयोजक थाइल्यान्डसँगै भुटान र कुवेत छन्। समूह ‘बी’मा संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र कतार छन्।

समूह चरण डबल राउन्ड रोबिनका आधारमा हुनेछ । सबै टोलीले आ–आफ्नो समूहमा रहेका टिमसँग दुईपटक खेल्नेछन् । समूहको शीर्ष टोली सुपर तीनमा प्रवेश गर्नेछन् । सुपर तीनबाट लिग चरणको खेलपछि शीर्ष दुई स्थानमा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछन्। 

सुझावित समाचार