नेपाल खेलकुद पत्रकार मञ्चको नयाँ कार्यसमिति चयन

बिहिबार, २५ बैशाख, २०८२
डिजिटल संस्करण

नेपाल खेलकुद पत्रकार मञ्चको नयाँ कार्यसमिति नेतृत्वमा निरञ्जन अधिकारी निर्वाचित भएका छन्। ‎

‎बिहीबार काठमाडौंमा भएको २०औँ चुनावी साधारणसभाबाट अधिकारी निर्वाचित भएका हुन्। उनी ४५ मतसहित अध्यक्षमा निर्वाचित भए। उनका प्रतिद्वन्दी प्रकाश तिमल्सिनाले ३५ मत प्राप्त गरे।  ‎
‎यस्तै, प्रथम उपाध्यक्षमा प्रज्वल ओली, उपाध्यक्षद्वयमा सञ्जीव शिल्पकार र गोविन्द रेग्मी सर्वसम्मत चयन भएका छन्। 

‎यसैगरी, महासचिवमा अन्जन खड्का ५१ मतसहित निर्वाचित भए। महासचिव पदका अर्का उम्मेदवार राजु घिसिङले २९ मत पाए।  ‎
‎सचिवमा अनिल मल्ल ठकुरी निर्वाचित भएका छन्। उनले ५१ मत पाउँदा अर्का उम्मेदवार गोविन्दराज नेपालले २८ मत पाए।  ‎
‎तीन पुरुष सदस्यमा रमेश सुवेदी, अभिनव जोशी र कविरथ शर्मा निर्वाचित भए। सर्वाधिक मत पाउने उम्मेदवार बनेका सुवेदीले ५७ मत पाए। कविराज शर्माले ५४ र अभिनव जोशीले ३९ मत पाए। सदस्य पदका अरू दुई उम्मेदवार विनय ज्योति सापकोटा र भूपेश उपाध्यायले क्रमशः २८ र ३१ मत पाए। महिला सदस्यमा नमिता दाहाल सर्वसम्मत भइन्।
 

सुझावित समाचार