टाइटनको ब्रान्ड एम्बेसडरमा मिस नेपाल आश्मा केसी

आइतबार, २१ बैशाख, २०८२
डिजिटल संस्करण

घडी बनाउने उद्योगकाे अग्रणी भारतको टाइटन कम्पनीले मिस नेपाल आश्माकुमारी केसीलाई नेपालमा आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।

विश्वको पाँचौँ ठुलो घडी निर्माता ब्रान्ड टाइटनले विगत २० वर्षदेखि नेपालमा आफ्ना विश्वसनीय ग्राहकहरूका आधारमा आफ्नो पहिचान बढाउँदै लगेको जनाउँदै केसीलाई ब्रान्ड एम्बेसडर नियुक्त गर्न पाउँदा गर्व लागेको बताएको छ।

‘आश्माको नियुक्तिले नेपालप्रति टाइटनको प्रतिबद्धतालाई सुदृढ बनाउँछ र नेपालमा गहिरो सांस्कृतिक सान्दर्भिकता र प्रतिध्वनि निर्माण गर्ने आफ्नो मनसाय झल्काउँछ। आफ्नो सुन्दरता र आत्मविश्वासका लागि परिचित सुश्री आश्मा साहसी, गतिशील र प्रामाणिकतामा आधुनिक नेपालको भावनालाई मूर्त रूप दिनुहुन्छ। उहाँको प्रभावशाली व्यक्तित्वले टाइटनको अनन्त डिजाइन, नवीनता र व्यक्तिगत अभिव्यक्तिप्रतिको प्रतिबद्धतालाई पूर्ण रूपमा प्रतिबिम्बित गर्दछ,’ कम्पनीले भनेको छ।

आश्मालाई टाइटन परिवारमा स्वागत गर्न पाउँदा हर्षित भएको टाइटन कम्पनी, नेपालका कन्ट्री मेनेजर वसन्त वासुदेवनले बताए। टाइटनको नेपालका लागि आधिकारिक वितरक नेपाल ट्रेड नेटवर्क प्रालिका  प्रबन्ध निर्देशक सुनीलकुमार अग्रवालले आश्माको नेपाली जनतासँगको गहिरो सम्बन्ध र बलियो व्यक्तिगत ब्रान्डले आफूहरूलाई ग्राहकहरूसँग घनिष्ठ सम्बन्ध बनाउन मद्दत गर्ने बताए।

सहकार्यको बारेमा बोल्दै आश्माले भनिन्, ‘टाइटन एक घडीभन्दा बढी हो– यो व्यक्तिगत कोशेढुंगा र अर्थपूर्ण शैलीको प्रतीक हो। र, म परम्परा र नवीनता दुवैलाई महत्त्व दिने ब्रान्डको प्रतिनिधित्व गर्न पाउँदा उत्साहित छु।’

See More On

सुझावित समाचार