‘समृद्ध नेपाल सुखी नेपाली’ एमालेको मात्रै नारा रहेन : उपमहासचिव ज्ञवाली

आइतबार, २१ बैशाख, २०८२
डिजिटल संस्करण
‘समृद्ध नेपाल सुखी नेपाली’ एमालेको मात्रै नारा रहेन : उपमहासचिव ज्ञवाली

फाइल तस्बिर

नेकपा एमालेले ‘समृद्ध नेपाल सुखी नेपाली’ नारा अब आफ्नो मात्र नरहेको बताएको छ। आइतबार सचिवालय बैठकपछि पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन्।

उक्त नारा एमालेले अघि सारे पनि १५औँ र १६औँ पञ्चवर्षीय योजनाले उक्त नारालाई दीर्घकालीन सोचको रुपमा निरन्तरता दिएको ज्ञवालीले बताए।

मुख्यमुख्य दलहरु सरकारमा रहेकै बेला दुई पञ्च वर्षीय योजनामा यसलाई समेटिएको उल्लेख गर्दै उनले भने, ‘१० वर्षको योजनाले दीर्घकालीन सोच भनेर अगाडी सारेको नारालाई कसैले पनि नेकपा एमालेको मात्रै नारा, अथवा अर्को कुनै पार्टीको नारा भनेर बुझ्नु उचित हुँदैन।’

सुझावित समाचार