सुनवलमा नुहाउने क्रममा पोखरीमा डुबेर दाजुभाइको मृत्यु

शनिबार, २० बैशाख, २०८२
डिजिटल संस्करण

 पश्चिम नवलपरासीको सुनवलमा पोखरीमा डुबेर दुई दाजुभाइको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार एकैघरका दुई दाजुभाइको मृत्यु भएको हो। पोखरीमा नुहाउन गएका दाजुभाइ पोखरीमा डुबेर बेपत्ता भएको र पछि खोजी गर्ने क्रममा मृत फेला परेको प्रहरीले जनाएको छ। 

सुनवल नगरपालिका ६ विसासयनिवासी विष्णु कुँवरका दुई छोरा ११ वर्षीय विप्सन कुँवर र ८वर्षीय दिप्सन कुँवरको मृत्यु भएको हो। दाजु कक्षा ४ र भाइ कक्षा २ मा अध्ययनरत थिए। उनीहरू सुनवल ६, सगरमाथा टोलमा रहेको पोखरीमा नुहाउन गएका हुन्। प्रहरीले शव पोस्टमार्टमका लागि अस्पताल पठाएको र घटनाको अनुसन्धान भइरहेको जनाएको छ।
 

सुझावित समाचार