आफैँले गरेको निर्णयसमेत कार्यान्वयन गरेनन् निजी मेडिकल कलेजले

शुक्रबार, १९ बैशाख, २०८२
डिजिटल संस्करण

निजी मेडिकल कलेजहरूको छाता संगठन एसाेसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले आफैँले गरेको निर्णयलाई समेत बेवास्ता गरेको छ।

१४ वैशाखमा निजी मेडिकल कलेज सञ्जालकहरूले बैठक बसी आवासीय चिकित्सकहरूलाई सरकारले तोकेको निर्वाह भत्ता दिने निर्णय गरेका थिए । तर, हालसम्म पनि उक्त भत्ता दिएका छैनन्। आयोजका पदेन सदस्यसमेत रहेका विराट मेडिकल कलेजका सञ्चालक ज्ञानेन्द्रमानसिंह कार्कीले सो निर्णयमा हस्ताक्षर गरेका छन्। तर, आवासीय चिकित्सकहरूलाई हालसम्म पनि निर्वाह भत्ता दिन अटेरी गर्दै आइरहेका छन् ।

‘नेपाल चिकित्सक संघले गरेको आग्रहअनुसार र चिकित्सा शिक्षा आयोगको १६औँ बैठकबाट पारित भएको निर्णयअनुसार आवासीय चिकित्सकहरूलाई निर्वाह भत्ता दिन हामी प्राइभेट मेडिकल एन्ड डेन्टल कलेजहरू तयार रहेको जानकारी गराउँछौँ, साथै सम्पूर्ण आन्दोलित चिकित्सकहरूलाई आन्दोलन छोडी आफ्नो काममा फर्कन आग्रह गर्दछौँ,’ १४ वैशाखमा बसेको निजी मेडिकल कलेज सञ्चालनले गरेको निर्णय पत्रमा भनिएको छ ।

सुझावित समाचार