सरकार र आन्दोलनरत शिक्षकबिच वार्ता जारी

बुधबार, १७ बैशाख, २०८२
डिजिटल संस्करण

सरकार र शिक्षक महासंघबिच वार्ता सुरु भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता भइरहेको हो।

शिक्षक महासंघले प्रस्ताव गरेको ९ बुँदेमा सहमति जुटाउने गरी छलफल अगाडि बढेको महासंघका नेताहरूले बताएका छन्।

शिक्षकको आन्दोलन २० चैतदेखि काठमाडौंमा जारी छ। वार्तामा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा, उपसमितिका संयोजक छविलाल विश्वकर्मा पनि उपस्थित छन्।

सुझावित समाचार