प्रतीक्षित नेपाली चलचित्र ‘ऊनको स्विटर’को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा वैशाख २६ गते विश्वव्यापी रिलिजको तयारीमा रहेको यस चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर सार्वजनिकसँगै चर्चित गायक सुजन चापागाईंको ब्यान्ड ‘सुजन चापागाईं एन्ड इन्फिनिटी’ले भव्य कन्सर्ट प्रस्तुत गरेको छ, जहाँ पत्रकार, कलाकार तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
आर्टमाण्डु प्रालिको पहिलो फिचर चलचित्र ‘ऊनको स्विटर’ पूर्वी नेपालको पाँचथर जिल्लामा छायांकन गरिएको यथार्थवादी सामाजिक कथानक चलचित्र हो । यसका निर्देशक नवीन चौहानले चलचित्रको कथा पाँचथरदेखि भारतको वेस्ट बंगालको सीमासम्म फैलिएको बताए। उनले चलचित्र बनाउने सपना बोकेको क्षणदेखि ट्रेलर सार्वजनिक गर्नेसम्मको यात्रा निकै चुनौतीपूर्ण भए पनि त्यो सपना अब सयौँजनाको बनेको बताए। ‘मैले एउटा सिनेमाको संसार बनाउने प्रयास गरेको हुँ । सुरुमा म एक्लैले देखेको सपना अब सयौँजनाको भएको छ,’ चौहानले भने।
चलचित्रमा मुख्य भूमिका निभाएका अभिनेता विपिन कार्कीले पाँचथरको यात्रालाई स्मरण गर्दै सबै पाँचथरे सहयोगीलाई धन्यवाद दिए । उनले आर्टमान्डूका गीतहरू जस्तै यो चलचित्र पनि उत्कृष्ट बनेकोले दर्शकको मन जित्ने कुरामा विश्वास गर्न अनुरोध गरे। मुख्य अभिनेत्री मिरुना मगरले आफूले निभाएको फुलु गुरुङको पात्रबाट ‘ऊनको स्विटर’जस्तै न्यानोपन दर्शकसम्म पुर्याउने प्रयास गरेको बताइन्। उनले यो चलचित्र हेरेपछि आर्टमान्डूले सुरुआत गरेको चलचित्रको बेग्लै संसारमा पुगिने जनाइन्।
कलाकार भावना खपांगी मगरले आफू फिल्मका रंगीचंगी धागोहरूमध्ये एक धागो भएको महसुस गरेको बताइन् । कलाकार परीक्षा लिम्बूले एक वर्षपछि फेरि चलचित्रको प्रचारमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै निर्देशक चौहानको क्यानभासमा काम गर्न पाउनु आफूका लागि भाग्यको कुरा भएको बताइन् । कलाकार एलेक्स पारसले आफ्नो काम सबैसँग बसेर हेर्न पाउँदा आनन्द लागेको बताए भने सुरज तमुले यो चलचित्र आफूका लागि रमाइलो र महत्त्वपूर्ण यात्रा बनेको बताए।
चलचित्रमा गीत निर्देशक रहेका सुजन चापागाईँले लामो यात्राको क्रममा दुःख र सुखसँगै धेरै कुरा सिक्न पाएको अनुभव सुनाउँदै दर्शकको माया पाएको गीत जस्तै चलचित्रलाई पनि माया गरिदिन आग्रह गरे । 'ऊनको स्वीटर'मा विपिन, मिरुना, एलेक्स, परीक्षा, सुरज, भावनासँगै विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायतका कलाकारको अभिनय रहेको छ । सुजन चापागाईँ र झुमा लिम्बुको संगीत र नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रले सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध र नेपाली समाजका जीवन्त रंगहरूलाई एउटै कथामा गाँस्ने प्रयास गरेको छ ।
चलचित्र ‘ऊनको स्विटर’को ट्रेलर सार्वजनिक, रंगीचंगी धागोजस्तै पात्रहरू र कथाले मन छुने विश्वास
दसैँगीत ‘आइपुग्यो दसैँ यो आँगन’ सार्वजनिक
४ हप्ता अघि
टाइगर श्रफमाथि लरेन्स समूहले गोली हानेको आशंका
३ हप्ता अघि
झ्याप्पै
३ हप्ता अघि
सुझावित समाचार
छाउँदै देउडा गायिका लक्ष्मी
सुदूर कर्णालीको देउडा गीत गाएर छोटो समयमै चर्चामा आउन सफल गायिका हुन् लक्ष्मी बजुरेली देउडा गायिका लक्ष्मी बजुरेल…
भुइँतहबाट उदाएका लोकप्रिय संगीतकार
तिमीले थुनेको नर्कलाई तोडेर यहाँ आइपुगेँ, हजारौँ वर्ष हिँडेर तिमीलाई सोध्न आइपुगेँ ए मन भएको मान्छे, मनलाई सञ्चै छ …
टाइगर श्रफ गोलीकाण्ड : आक्रमणकारीले प्रयोग गरेको मोटरसाइकल बरामद
मुम्बई प्रहरीले बलिउड अभिनेता टाइगर श्रफमाथि गोली प्रहार घटनामा आक्रमणकारीहरूले प्रयोग गरेको मोटरसाइकल बरामद गरेको छ। गोली प्र…
टाइगर श्रफमाथि लरेन्स समूहले गोली हानेको आशंका
काठमाडौं । बलिउड अभिनेता टाइगर श्रफमाथि गोली प्रहार भएको छ। मुम्बईमा घरनजिकै गोली प्रहार भएको हो। गोली उनका चालकलाई ला…
दसैँमा घर आउन नपाएको पीडा, सत्रुघन गौतमको स्वरमा नयाँ गीत सार्वजनिक
काठमाडौं । अमेरिकामा रहेका गायक सत्रुघन गौतमको स्वरमा नयाँ दसैँ गीत सार्वजनिक भएको छ । दसैँमा बिदा नमिल्दा स्वदेश फर्किए…