देशको स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको मन्त्री पौडेलको दाबी

बुधबार, १७ बैशाख, २०८२
डिजिटल संस्करण

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले देशको स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न गठित ८ जनस्वास्थ्य उपसमितिका सदस्यसँग छलफल गरेका छन् । बुधबार सामाजिक सञ्जालफर्मात उनले देशमा आइपर्न सक्ने स्वास्थ्य महामारी, दुर्घटनाका घाइतेको उद्धार, श्रमिकका स्वास्थ्य, औषधीको समुचित बिक्री वितरण, मानसिक स्वास्थ्य लगायत विविध विषयमा आफूले उनीहरुको कुरा सुनेको र प्राप्त निष्कर्षका आधारमा नागरिकका स्वास्थ्यका मुद्दा सम्बोधन गर्न प्रयास गर्ने प्रतिबद्धता जनाएको बताएका छन् ।

त्यस्तै संघीयतापछि पहिलो पटक अभ्यासमा आएको स्वास्थ्य विषयगत (समन्वय) समितिअन्तर्गत विभिन्न प्रदेशका स्वास्थ्य मन्त्री र  पालिका प्रमुखहरुसँग पनि उनले छलफल गरेको जनाएका छन् । छलफलमा  आगामी बजेटमा बजेट खर्च नदोहोरिने गरी एकरुपता कायम गर्न तथा आम नागरिकका स्वास्थ्य समस्या समाधान गर्न बेग्लाबेग्लै नभै मिलेर सहकार्य गर्ने  प्रतिबद्धता भएको उल्लेख गरेका छन् । 

मन्त्री पौडेलले प्राप्त निष्कर्षका आधारमा आम नागरिकको स्वास्थ्य सेवामा तीनै तहको प्रभावकारी समन्वय हुने गरी नयाँ बजेट कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । 

सुझावित समाचार