बालुवाटारमा मन्त्रिपरिषद् बैठक, एआइजीमा बढुवा तयारीमा

सोमबार, १५ बैशाख, २०८२
डिजिटल संस्करण

मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ। साढे ६ बजे बोलाइएको बैठक एक घन्टा ढिलो भएको हो। 

बैठकमा नेपाल प्रहरीका ६ डिआइजीको एआइजीमा बढुवाको प्रस्ताव छ। डिआइजीहरू चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज केसीको बढुवा सिफारिस भएको थियो। 

उनीहरूको बढुवासँगै पदस्थापनको तयारी छ।  

सुझावित समाचार