१७ अर्ब ८६ करोडको हुन्डी कारोबारमा संलग्न २१ जना पक्राउ

सोमबार, १५ बैशाख, २०८२
डिजिटल संस्करण

१७ अर्ब ८६ करोडबराबरको हुन्डी तथा अवैध कारोबारमा संलग्न २१ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले विभिन्न ११ जिल्लामा अपरेसन चलाई उनीहरूलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरूमा मनी ट्रान्सफर सञ्चालकदेखि ट्राभल सञ्चालकसम्म रहेको सिआइबीका एसपी सुधीरराज शाहीले बताए। अवैध कारोबारका लागि उनीहरूले सजिलो पे र पेवेल नेपालको खातासमेत दुरुपयोग गरेको प्रहरीले जनाएको छ। अवैध कारोबारको रकम उनीहरूले डिजिटल वालेट कम्पनीमार्फत विदेशबाट रेमिट्यान्स आएको देखाएर विभिन्न व्यक्तिलाई खातामार्फत भुक्तानी दिँदै आएका थिए। 

पक्राउ पर्नेहरू:

सुझावित समाचार