राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले ‘स्टेज सेयर’ गरेका छन्। सोमबार दुई नेता शान्तिबाटिकामा आयोजित कार्यक्रममा एउटै सभामा देखिएका हुन्।
राप्रपा अध्यक्षमा पराजित भएपछि थापा राप्रपाबाट अलग भएका थिए। राप्रपाको एकता महाधिवेशनमा थापा अध्यक्षमा लिङ्देनसँग पराजित भएका थिए। निर्मलनिवासले आफूविरुद्ध षड्यन्त्र गरेको आरोप लगाउँदै थापाले राप्रपा परित्यागकाे घाेषणा गरेका थिए।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनी एमालेको सूर्य चिह्न लिएर उठेका थिए। पछिल्लो समय राजावादीहरू आन्दोलनमा होमिएसँगै थापा र लिङ्देन पुनः नजिकिएका हुन्।
हेर्नुस् तस्बिरहरू :
2025-04-28-04-13-56.jpeg)
2025-04-28-04-13-48.jpeg)
2025-04-28-04-13-39.jpeg)
2025-04-28-04-13-21.jpeg)
2025-04-28-04-13-13.jpeg)
2025-04-28-04-13-04.jpeg)
तस्बिरहरू : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका