एकीकृत समाजवादी बुटवल उपमहानगरको अध्यक्षमा गुरुङ निर्वाचित

आइतबार, १४ बैशाख, २०८२
डिजिटल संस्करण

एकीकृत समाजवादी बुटवल उपमहानगरको अध्यक्षमा चीनबहादुर गुरुङ सर्वसम्मत निर्वाचित भएका छन्। शनिबार अबेर सकिएको निर्वाचनमा गुरुङ पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन्।  

अधिवेशनबाट उपाध्यक्षमा इन्द्र राई, सचिवमा भीमबहादुर क्षेत्री, उपसचिवद्वयमा शेरजंग गुरुङ (ईश्वर) र शिवकुमारी पाण्डेय बस्यालसहित ३१ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचितहरूलाई एकीकृत समाजवादीका केन्द्रीय सचिव पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले शुभकामना दिँदै समाजवादी आन्दोलनमा डटेर लाग्न आग्रह गरे।

उक्त अवसरमा केन्द्रीय सदस्य भगवती अधिकारी, प्रदेश सदस्य कमल भण्डारी, राजेन्द्र पाण्डे, जिल्ला अध्यक्ष हिराध्वज शाहलगायतको उपस्थिति थियो।
 

सुझावित समाचार