आठ वर्षमा मुस्किलले १७ किलोमिटर कालोपत्र

शुक्रबार, १२ बैशाख, २०८२
डिजिटल संस्करण

मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक आठ वर्षमा १७ किलोमिटर कालोपत्र भएको छ । २४ किलोमिटर लामो यो सडकको स्तरोन्नति आठ वर्षअघि थालिएको हो ।

पूर्वाधार विकास कार्यालयका अनुसार रु. ४५ करोडको लागतमा बेनीबाट मंगला गाउँपालिका– २ सिमसम्म १२.५ किलोमिटर र रु. १० करोड ७० लाखको लागतमा सिम–पानाबगर खण्डको चार किलोमिटर कालोपत्र भइसकेको छ ।

मंगला गाउँपालिका– २ रणवाङबाट मालिका गाउँपालिका– ६ दरबाङ जोड्ने आठ किलोमिटर सडक स्तरोन्नतिका लागि ०७६ सालमा रु. २२ करोड ५७ लाखमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले रणवाङबाट तोलावाङसम्म तीन किलोमिटर तीन सय मिटर कालोपत्र भएको छ ।

दरबाङबाट धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक कालोपत्रसहित स्तरोन्नति गर्न रु. १४ करोडमा ठेक्का सम्झौता भएको एउटा योजना चालू रहेको र थप रु. ९२ करोड बजेटको योजना कार्यान्वयनका लागि ठेक्का आह्वान भइसकेको छ । रासस
 

सुझावित समाचार