सप्तकोशीमा बेपत्ता दुईजनाको खोजी जारी

मंगलबार, ९ बैशाख, २०८२
डिजिटल संस्करण

यहाँको बराहक्षेत्र नगरपालिका– १ स्थित सप्तकोशी नदीमा बेपत्ता दुईजनाको खोजी आज पनि जारी रहेको प्रहरीले जनाएको छ । सोमबार बिहान करिब ८:३० बजे खोटाङको केपिलासगढी गाउँपालिका– ४ का ४० वर्षीय नवराज बाँस्तोला र उनका भान्जा इटहरी उपमहानगरपालिका– १६ का १६ वर्षीय जेनिस आचार्य डुबेर बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले घटनाबारे जानकारी पाउना साथ उद्धारमा प्रहरी खटाइएको बताए। गोताखोरसहितको अनुभवी सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजतलास गरिरहेको उनले  जानकारी दिए।

सशस्त्र प्रहरी बलका पाँचजनाको तालिमप्राप्त गोताखोरको टोलीसहित ११ जना पौडीबाज बिहानैदेखि खटिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए। उनीहरू बराह क्षेत्र मन्दिरमा पूजा गर्न गएका वेला नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन्।

सुझावित समाचार