इतिहासमा आज

मंगलबार, ९ बैशाख, २०८२
डिजिटल संस्करण

सन् १९०६ : एथेन्समा ओलम्पिक खेल सुरु भयो । आधुनिक युगको दोस्रो ओलम्पिक खेल भए पनि यसलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले मान्यता दिएको छैन ।

सन् १९४५ : एडोल्फ हिटलरले पराजय स्वीकार गरे । सोभियत फौज बर्लिन प्रवेश गरेको जानकारी पाएपछि भूमिगत फ्युहरबंकरमा रहेका जर्मन तानाशाह हिटलरले आफू आत्महत्या गर्ने योजनामा रहेको घोषणा गरे ।

सन् १९९४ : अमेरिकी पूर्वराष्ट्रपति रिचर्ड एम निक्सनको निधन भयो ।

सन् १९९५ : अफ्रिकामा रुवान्डाली सेनाले हजारौँ हुतु शरणार्थीको हत्या गर्यो ।

सन् १९९७ : जापानी दूतावासको बन्धक संकट १२६ दिनपछि अन्त्य भयो ।

सन् २०१६ : १७० भन्दा बढी देशले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतामा हस्ताक्षर गरे । यस ऐतिहासिक सन्धिले वायुमण्डलमा हरितगृह ग्यास उत्सर्जन नियन्त्रण कम गर्न खोजेको थियो । यो सन्धि सन् २०१६ को नोभेम्बरमा लागू भयो ।

सुझावित समाचार