नेप्सेमा सामान्य अंकको गिरावट

सोमबार, ८ बैशाख, २०८२
डिजिटल संस्करण

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। आज सोमबार नेप्से ७.७५ अंकले घटेर दुई हजार ६९८.२८ को विन्दुमा कायम भएको हो।

आज विभिन्न ३१९ कम्पनीका दुई करोड १२ लाख तीन हजार ७६६ कित्ता सेयर ७८ हजार ६७८ पटक खरिद–बिक्री हुँदा रु. आठ अर्ब ७७ करोड ५७ लाख २० हजार २९३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा विकास बैंक समूह ०.४३, होटेल तथा पर्यटन ०.०६, जलविद्युत् ०.७७, लगानी ०.१७, उत्पादन तथा प्रशोधन ०.०३ र म्युचुअल फन्ड ०.४४ प्रतिशतले बढेको छ। अरू सबै समूहको उपसूचक घटेको छ। बैंकिङ ०.८५, वित्त १.०३, जीवन बिमा ०.१६, लघुवित्त ०.११, निर्जीवन बिमा ०.१५, व्यापार १.५२ र अन्य समूह एक प्रतिशतले घटेको छ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने एनएमबी हाइब्रिड फन्ड– २ को सेयर मूल्य ७.९० प्रतिशत छ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको रु. ५३ करोड ९९ लाख १८ हजार १७४ बराबरको १५ लाख ९० हजार २०५ कित्ता सेयर खरिद–बिक्री भएको छ।

सुझावित समाचार