पत्रकारिताका माध्यमबाट भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा योगदान पुर्याएकोमा दाहाल प्रतिष्ठानले कान्तिपुर दैनिकका पत्रकार मातृका दाहाल र उकालो डटकमकी दीपा दाहाललाई नगदसहित सम्मान गरेको छ।
प्रतिष्ठानका केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद दाहाल र निबर्तमान अध्यक्ष एवं कोषका अध्यक्ष शालीग्राम दाहालले शनिबार पत्रकारद्धयलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
दाहाल प्रतिष्ठानको उपत्यका अधिवेशनको अवसर पारेर शनिबार उनीहरुलाई सम्मानित गरिएको हो। प्रतिष्ठानका निबर्तमान अध्यक्ष शालीग्राम दाहालले आफ्ना दिवंगत बुबा–आमा ‘जानकी बल्लभ दाहाल र चन्द्रप्रभा दाहालका नाममा २०५६ सालमा स्थापित कोषबाट प्रतिष्ठानले विभिन्न पेशा÷व्यवसायमा आवद्ध उत्कृष्ट काम गर्नेहरुलाई सम्मान गर्दै आएको छ।
यसैगरी प्रतिष्ठानले कानुन तथा न्याय क्षेत्रमा लामो समयदेखि क्रियाशील वरिष्ठ अधिवक्ता हरिहर दाहाल, यो वर्षको एमबीबीएसमा उत्कृष्ट अंकसहित नाम निकालेकी प्रिसियस दाहाल, धर्म–संस्कृतिका माध्यमबाट योगदान पुर्याएका रमेश खनाल, समाजसेवी महेश्वर न्यौपाने, साहित्य क्षेत्रमा क्रियाशील खेमनाथ दाहाल, सामाजिक कार्यमा सक्रिय शिवप्रसाद दाहाललाई पनि प्रतिष्ठानले नगदसहित सम्मान गरेको छ ।