मकवानपुरको सुनाचुरीमा यात्रुवाहक बस दुर्घटना, १५ जना घाइते

बिहिबार, ४ बैशाख, २०८२
डिजिटल संस्करण

मकवानपुरमा यात्रुवाहक बस दुर्घटना हँदा १५ जना घाइते भएका छन् । मनहरी गाउँपालिका– ६ स्थित सुनाचुरीमा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १५ जना घाइते भएका हुन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनाचुरी चौकीबाट करिब पाँच सय मिटर पश्चिमतर्फ बिहीबार बिहान करिब ४:५० बजे इटहरीबाट भैरहवा जाँदै गरेको लु.२ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी चितवनतर्फ उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकाहरूको अवस्था मध्यम रहेको उनले बताए । उनका अनुसार बसको स्टेरिङ लक भएर नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। बसका चालक बारा जिल्लाको कोल्बी नगरपालिका– ११ निवासी २९ वर्षीय राकेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सुझावित समाचार