दुई करोडको सुन र चाँदीसहित नौ भारतीय पक्राउ

बुधबार, ३ बैशाख, २०८२
डिजिटल संस्करण

सुनचाँदीको अवैध कारोबार गर्ने नौ भारतीयलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले एक करोड ७० लाख १० हजार रुपैयाँबराबरको सुन, ३० लाख नौ हजारबराबरको चाँदी तथा आठ लाख २७ हजार नगदसहित उनीहरूलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरू सबै भारतको महाराष्ट्रका छन्। उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले बताए। कारबाहीका लागि उनीहरूलाई प्रहरीले राजस्व अनुसन्धान विभाग पठाएको छ। 

सुझावित समाचार