समृद्धिका सिइओ घिमिरेद्वारा पदभार ग्रहण

बुधबार, ३ बैशाख, २०८२
डिजिटल संस्करण

समृद्धि फाइनान्सका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोषकुमार घिमिरेले मंगलबार पदभार ग्रहण गरेका छन् । २८ फागुनमा बसेको फाइनान्सको सञ्चालक समिति बैठकले घिमिरेलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा गरी अवकाशप्राप्त घिमिरेसँग गोर्खाज फाइनान्समा समेत सिइओ भई कार्य गरेको अनुभव छ । 

राष्ट्र बैंकमै रहँदा घिमिरेले समस्यग्रस्त नेपाल सेयर मार्केट फाइनान्समा व्यवस्थापन प्रमुख भएर काम गरेका थिए । नियामक निकाय र वित्तीय संस्थामा कार्य–अनुभव भएका घिमिरेको कार्यकालमा फाइनान्सले समृद्धिको यात्रा चुम्ने विश्वास संस्थाले लिएको छ ।
 

See More On

सुझावित समाचार