शिक्षक आन्दोलनमा समाजवादी मोर्चाको ऐक्यबद्धता

शुक्रबार, २८ चैत, २०८१
डिजिटल संस्करण
शिक्षक आन्दोलनमा समाजवादी मोर्चाको ऐक्यबद्धता

तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

नेपाल शिक्षक महासंघको आह्वानमा जारी शिक्षक आन्दोलनप्रति समाजवादी मोर्चाले ऐक्यबद्धता जनाएको छ। शुक्रबार प्रेस विज्ञप्तिमार्फत मोर्चाले शिक्षकहरूको न्यायोचित माग र आन्दोलनप्रति ऐक्यबद्धता जनाएको हो।

‘शिक्षाको गुणस्तर विकास गर्न तथा शिक्षकहरूको हकअधिकारको पक्षमा उठाइएको आवाजलाई हाम्रो मोर्चाले सकारात्मक रूपमा लिएको छ,’ विज्ञप्तिमा भनिएको छ। शिक्षकका माग पूरा गर्न, शिक्षा प्रणालीमा सुधार गर्न, संविधान‌प्रदत्त शिक्षाको हकलाई प्रत्याभूत गर्न र शिक्षामा समान पहुँच तथा गुणस्तरको सुनिश्चितता गर्नसमेत मोर्चाले सरकारसँग माग गरेको छ।

यथाशीघ्र शिक्षा ऐन जारी गर्न संसद्को विशेष अधिवेशन आह्वान गर्न माग गर्दै मोर्चाले भनेको छ, ‘शिक्षालाई नयाँ दिशा दिने वि‌द्यालय शिक्षा ऐन यथाशीघ्र जारी गराउन र त्यसका लागि सर्वदलीय सहमतिमा संसद्को विशेष अधिवेशन तत्काल आह्वान गर्न पनि सरकारसँग जोडदार अपिल गर्दछौँ।’

सुझावित समाचार