नेपालमा राजतन्त्रको सम्भावना छैन : कांग्रेस प्रवक्ता महत

शुक्रबार, २८ चैत, २०८१
डिजिटल संस्करण

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपालमा राजतन्त्रको कुनै सम्भावना नरहेको बताएका छन्।

शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताको बलिदान, त्याग र तपस्याले प्राप्त उपलब्धिमा देखिएका विकृति सच्याउन दबाबमूलक कार्यक्रम हुनुपर्नेमा व्यवस्था उल्ट्याउने गतिविधि स्वीकार्य नरहने बताए। उनले संवैधानिक रूपमा राजा फर्किने कुनै सम्भावना नरहेको र राप्रपाबाहेकका सबै दल एक रहेकाले विनाआधारको हल्लामा नपर्न सबैमा आग्रह गरे।

नेता महतले ०१५ मै हुलाकी राजमार्गको अवधारणा ल्याएर तराई–मधेशको जीवनरेखाका रूपमा अघि सारेको स्मरण गराउँदै कमला र बागमती नदीमा निर्माण हुन बाँकी पुलहरू बनेपछि हुलाकी राजमार्गको काम सम्पन्न हुने बताए।

वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकारले जनताको पक्षमा काम गरिरहेको उनको भनाइ छ।

सुझावित समाचार