छिमेकीको हत्या गरी नक्कली साधु बनेका लोकनाथ १७ वर्षपछि पक्राउ

बुधबार, २६ चैत, २०८१
डिजिटल संस्करण

जग्गासम्बन्धी विवादमा छिमेकीको हत्या गरी नक्कली साधु बनेका पर्साको विन्दवासिनी गाउँपालिका– २ का ६२ वर्षीय लोकनाथ साह तेली १७ वर्षपछि पक्राउ परेका छन् ।  छिमेकी ढोडा मुखिया विनको ०६४ वैशाख २५ गते गोली प्रहारबाट हत्या गरी फरार भएका उनलाई भारतस्थित चम्पारण पिरियामा रहेको रामजानकी मन्दिरमा पुजारीको रूपमा १० वर्षदेखि साधुको पहिरन धारणा गरी लुकिछिपी रहेका थिए । 

हत्यापश्चात् फरार भएका निज लोकनाथलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ०६९ कात्तिक २४ गते सर्वस्वसहित जन्मकैद ठहर गरेको थियो । उनलाई नेपाल आएको मौका पारी केन्द्रीय अनुसन्धान ब्युरोकाे टोलीले सोमबार पर्साको वीरगन्जबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । निजलाई फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत पर्सामा पेस गरिएको ब्युरोका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए।

 तीनकुने घटनामा संलग्न थप दुई पक्राउ
 
यसैबिच, जिल्ला प्रहरी परिसर काठमाडौंले यही चैत १५ गते तीनकुने क्षेत्रमा आपराधिक गतिविधिमा संलग्न थप दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिका– ५ का ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका– ४ का ३० वर्षीय जितबहादुर श्रेष्ठ रहेका छन् ।

पक्राउ परेकालाई आपराधिक उपद्रव कसुरअन्तर्गत जिल्ला अदालत काठमाडौंबाट २० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको काठमाडौं परिसरका प्रहरी उपरीक्षक अपिल बोहराले जानकारी दिए।

See More On

सुझावित समाचार