थाइल्यान्डबाट नेपाल आएकी थाई युवती गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेकी छिन्। २७ वर्षीया मिस कानोकवान पोङसुवालाई प्रहरीले पक्राउ गरेको हो।
थाई एयरवेजको उडानद्वारा बैंककबाट काठमाडौं आएकी उनलाई जाँच गर्ने क्रममा ब्यागेजबाट गाँजा बरामद भएको हो। लागुऔषध नियन्त्रण ब्युरोले थुनामा राखेर उनीमाथि अनुसन्धान अघि बढाएको छ।
यसअघि पनि थाइल्यान्डबाट ल्याइएको गाँजा विमानस्थलमा बरामद हुँदै आएको छ।