मनाङको तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर एकजना कोरियाली नागरिकको मृत्यु भएको छ। जिल्लाको ङिस्याङ गाउँपालिका–९ माथिल्लो श्रीखर्क भन्ने ठाउँमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले बताए।
आज बिहान म्येङोक जोङ नाम गरेका पर्यटकको ज्यान गएको हाे। दिवंगत पर्यटकको शव व्यवस्थापन गर्न प्रहरी परिचालन गरिएकाे छ। शव सदरमुकाम ल्याएपछि परीक्षण चामेमा गर्ने वा काठमाडौं पठाउने भन्ने निर्णय गरिने सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले बताए।