बुधबारदेखि ‘डोरलक’ गरेर बजेट छलफल सुरु हुँदै

मंगलबार, २५ चैत, २०८१
डिजिटल संस्करण

अर्थ मन्त्रालयले भोलि (बुधबारदेखि) ‘डोरलक’ गरेर बजेट छलफल सुरु गर्ने भएको छ । बजेटको गोपनीयतालाई मध्यनजर गर्दै अर्थले यस्तो तयारी गरेको हो। 

१५ चैतसम्म मन्त्रालयगत बजेट सूचना प्रविष्ट प्रणाली (एलएमबिआइएस) मा बजेट प्रस्ताव गर्ने काम सम्पन्न भएको थियो ।

अर्थको प्रशासन महाशाखाले मन्त्रालयभित्र प्रवेशमा कडाइ गर्न सर्कुलर जारी गरिसकेको छ । अर्थका कर्मचारीले पनि आफ्नो परिचयपत्र देखाएर मात्रै प्रवेश गर्नुपर्ने भएको छ ।

सुझावित समाचार