कालीका कप पुरुष भलिबल प्रतियोगिताको उपाधि गलकोट नगरपालिकाले जितेको छ । प्रतियोगिताको सोमबार भएको फाइनलमा जैमिनी नगरपालिकालाई ३–१ को सेटमा हराउँदै गलकोटले उपाधि हात पारेको हो ।
फाइनलको पहिलो सेटमा जैमिनीले गलकोटलाई २५–१८ ले पछि पारेको थियो । त्यसपछिका तीन सेट जित्दै गलकोटले बाजी मार्यो । उपाधि विजेता गलकोटले दुई लाख र उपविजेता जैमिनीले एक लाख हात पारेको भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । सेमिफाइनलमा गलकोटले कुश्मा नगरपालिकालाई हराएको थियो ।