धरानवासीलाई खानेपानीको प्रबन्ध भइरहेको सन्देश दिन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्रीसँग धरानका मेयर हर्क राईको भेट

मंगलबार, २५ चैत, २०८१
डिजिटल संस्करण

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले प्रधानमन्त्री केपी ओलीलाई भेटेर नगरवासीको खानेपानी समस्या समाधानका लागि ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार मेयर राईसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई भेटेर ध्यानाकर्षण गराएको हो ।

त्यसक्रममा धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको भन्दै सकारात्मक सन्देश सुनाइदिन प्रधानमन्त्री ओलीले राईसँग आग्रह गरेका छन् । ‘धरानवासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि संघीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो सन्देश धरानवासीलाई सुनाइदिनुहोला,’ प्रधानमन्त्री ओलीले भने । 

यसैगरी, प्रधानमन्त्री ओलीले धरानको फोहोर व्यवस्थापनका लागि परम्परागत नभई आधुनिक प्रविधियुक्त ल्यान्डफिल्ड साइट बनाउनुपर्नेमा पनि जोड दिए । खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन यसअघि संघीय सरकारले तयार गरिसकेको छ । त्यसअनुसार बजेट व्यवस्था नहुँदा अहिलेसम्म काम अगाडि नबढेको मेयर राईले प्रधानमन्त्रीलाई अवगत गराएका थिए । 

सुझावित समाचार