घरमा आगलागी हुँदा आठ लाखको क्षति

आइतबार, २३ चैत, २०८१
डिजिटल संस्करण

संखुवासभाको धर्मदेवी नगरपालिका– ४ तिरतिरेमा एक घरमा आगलागी हुँदा आठ लाख रुपैयाँबराबरको क्षति भएको छ।

आज आइतबार दिउँसो ३ बजेतिर स्थानीय कुमारी रोक्काको ढुंगामाटोले बनेको फुसको छाना भएको दुईतले घर आगो लागेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। आगोलागीको कारण खुलेको छैन।

करिब दुई घण्टापछि स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रण गरिएको थियो। आगलागीबाट घरभित्र रहेको नगद रु. १६ हजार, अन्नपात, भाँडावर्तन, लत्ताकपडा, महत्त्वपूर्ण कागजात सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ। 

आगलागीबाट मानवीय तथा पशुचौपायाको भने क्षति नभएको प्रहरीको भनाइ छ।

सुझावित समाचार