लगातार तेस्रो जितसँगै दिल्ली आइपिएलको शीर्ष स्थानमा

शनिबार, २२ चैत, २०८१
डिजिटल संस्करण

यो सिजनको इन्डियन प्रिमियर लिग(आइपिएल)मा दिल्ली क्यापिटलले प्रभावशाली सुरुवात गरेको छ। पहिलो तीन खेलमा उसले तीनै वटा जित निकालेको छ । 
शनिबार भएको तेस्रो खेलमा चेन्नई सुपर किंग्समाथि दिल्लीले २५ रनको विजय हात पार्यो । 

सुरुमा ब्याटीङ गरेको दिल्लीले १८३ रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा चेन्नई ६ विकेट गुमाएर १५८ रनमा सिमित भयो। उत्कृष्ट बलिङको मद्दतमा चेन्नइमाथि दिल्लीले जित हात पारेको हो। ३ मा ३ खेल जितेर दिल्ली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यो सिजनमा दिल्लीको कप्तान अक्सर पटेल छन्।

उता,चेन्नईले भने चारमध्ये एक खेल मात्र जितेको छ। 

शनिबार नै पंजाब र राजस्थानबिच दोस्रो खेल हुँदैछ। 

सुझावित समाचार