तनहुँमा बस पल्टिँदा २० यात्रु घाइते, चारको अवस्था गम्भीर

शुक्रबार, २१ चैत, २०८१
डिजिटल संस्करण

तनहुँ जिल्लाको डुम्रे–बेँसीसहर सडकखण्डमा आज शुक्रबार बस पल्टिँदा २० यात्रु घाइते भएका छन्। डुम्रे बजारदेखि लमजुङको बेँसीसहरतर्फ जाँदै गरेको ग.१ ख ६४९८ नम्बरको बस भानु नगरपालिका– १ मोहरियामा अनियन्त्रित भई पल्टिएको हो।

प्रहरीका अनुसार घाइते भएकामध्ये चारजनाको अवस्था गम्भीर छ। उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। बाँकी १६ जनाको डुम्रेस्थित लक्ष्मी अस्पताल र मोती मेडिकलमा उपचार भइरहेको छ।

घटनापछि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए। ‘गाडीसाहु र चालकको खोजी भइरहेको छ,’ उनले भने, ‘कालिका बस व्यवसायी समितिबाट सञ्चालित बस रहेको पुष्टि भएको छ।’

सुझावित समाचार