पोखराविरुद्ध ललितपुरको रोमाञ्चक जित

बुधबार, १९ चैत, २०८१
डिजिटल संस्करण

नेपाल सुपर लिग (एनएसएल) २०२५ को पाँचौँ खेलमा साबिक विजेता ललितपुर सिटी एफसीले पोखरा थन्डर्सविरुद्ध ३–२ को  रोमाञ्चक जित निकालेको छ। 

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुरलाई जिताउन जोनाथन जोरिल्लाले दुई तथा इमोह इजेकेलले एक गोल गरे। पोखराको लागि समीर तामाङ र जोए आइडोले गोल फर्काए। 

प्रतियोगितामा ललितपुरको यो पहिलो जित हो। ललितपुरले यसअघि पहिलो खेलमा पूर्वच्याम्पियन काठमाडौं रेजर्ससँग २–२ को बराबरी खेलेको थियो। 

पोखराको भने प्रतियोगितामा लगातार दोस्रो हार हो। पोखरा यसअघि पहिलो खेलमा एफसी चितवनसँग २–० ले पराजित भएको थियो।

सुझावित समाचार