तस्करीको २५ करोडका मालिक सिन्धुपाल्चोकका पौडेल भएको प्रहरी दाबी

बुधबार, १९ चैत, २०८१
डिजिटल संस्करण

दुई साताअघि बरामद भएको २५ करोडबराबरको डलर तथा युरोका मालिक सिन्धुपाल्चोक भोटेकोशीका नारायण पौडेल भएको प्रहरीले जनाएको छ। प्राविधिक अनुसन्धानका आधारमा सो रकमको मालिक पत्ता लागेको प्रहरीले जनाएको छ। तर, पौडेल फरार भइसकेका छन्। 

गत ४ चैतमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सिन्धुपाल्चोक भोटेकोशीका कुसाङ लामालाई २५ करोडबराबरको विदेशी मुद्रा चीन लिएर जान लागेको अवस्थामा पक्राउ गरेको थियो। सो पैसा पौडेलले नै चीन तस्करी गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका कुसाङ ट्रकका चालक हुन्। पौडेल र लामा एउटै गाउँपालिकाका हुन्। 

पौडेल यसअघि पनि रक्तचन्दन तस्करीमा परेका व्यक्ति हुन्। एलसी दुरुपयोगमा पनि २० वर्षअघि नै राजस्व अनुसन्धान विभागले उनीमाथि कारबाही गरेको थियो। 

See More On

सुझावित समाचार