तीनकुने घटना छानबिन गर्न न्यायिक आयोग बनाउन राप्रपाको माग

सोमबार, १७ चैत, २०८१
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले चैत १५ गते तीनकुनेमा भएको घटनाको छानबिन गर्न न्यायिक आयोग बनाउन माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै अध्यक्ष लिङ्देनले घटनाको सत्यतथ्य बाहिर ल्याउन न्यायिक आयोग बनाउन माग गरेका हुन् । 

उनले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूलाई सहिद घोषणा गर्न माग गरे । १५ गतेको आन्दोलनमा आन्दोलनकारीले मात्रै ज्यादती नगरेको बताउँदै लिङ्देनले राज्यले पनि नागरिकमाथि ज्यादती गरेको बताए ।
 

See More On

सुझावित समाचार