राजावादी आन्दोलनमा पक्राउ परेका ४१ जनामाथि मुद्दा

मिश्र र राणासहित ११ जनामाथि राज्यविरुद्धको कसुर

आइतबार, १६ चैत, २०८१
डिजिटल संस्करण
राजावादी आन्दोलनमा पक्राउ परेका ४१ जनामाथि मुद्दा

तस्बिर : संजित परियार/नयाँ पत्रिका

राजावादीहरूको आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटका घटनामा जिम्मेवार देखाउँदै प्रहरीले ४१ जनामाथि मुद्दा चलाउने भएको छ।

पक्राउ परेका ४१ जनामाथि आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।

त्यसमध्ये रवीन्द्र मिश्र र धवलशमशेर राणासहित ११ जनामाथि राज्यविरुद्धको कसुरमा समेत अनुसन्धान भइरहेकाे छ। थप अनुसन्धानका लागि म्याद थप गर्न उनीहरूमाथि प्रहरीले जिल्ला सरकारी वकिलकाे कार्यालय काठमाडाैं लगेकाे छ।

सुझावित समाचार