सदनभित्र राजावादी शब्द प्रयाेग गर्नेलाई कारबाही गर्न सत्तापक्षकाे माग, कारबाही गरेर देखाउन राप्रपाकाे चुनौती

आइतबार, १६ चैत, २०८१
डिजिटल संस्करण

सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूबिच केहीबेर चर्काचर्की भएपछि प्रतिनिधिसभा बैठक केहीबेरका लागि स्थगित भएको छ ।  बैठक सुरु भएकाे केही समयमै सदनभित्र सत्ता र प्रतिपक्षी उठेर वाद–प्रतिवादमा उत्रिए । सदनभित्र राजावादी शब्द प्रयाेग गर्नेलाई कारबाही गर्न सत्तापक्षले माग गरेका  थिए ।  यसको प्रतिवादमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कारबाही गरेर देखाउन चुनौती दिए । 

आज गृहमन्त्री रमेश लेखकले १५ गतेकाे घटनाबारे जानकारी गराउन समय मागेका थिए । विपक्षीले प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने अडान लिएपछि बैठक स्थगित भएकाे हाे । बैठकमा सहभागी एक सांसदका अनुसार सत्तापक्षका सांसदहरूले शुक्रबारको घटनालाई लिएर विपक्षीले बैठक अवरोध गर्न नहुने बताएका थिए ।

सुझावित समाचार