संविधान जारी गर्नभन्दा पनि शिक्षा ऐन पारित गर्न गाह्रो भयो : थापा

आइतबार, १६ चैत, २०८१
डिजिटल संस्करण

 प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले नयाँ संविधान जारी गर्नुभन्दा पनि शिक्षा ऐन पारित गर्न गाह्रो भएको बताएका छन् । नेपाल राष्ट्रिय अभिभावक संघले शनिबार काठमाडौंमा आयोजना गरेको १८औँ साधारणसभाको उद्घाटन गर्दै उनले ०२८ को शिक्षा ऐन अहिलेसम्म पनि परिमार्जन गर्न नसक्नु विडम्बना भएको बताए ।

‘०२८ सालअघि हामीले चिठी पढ्ने शिक्षा हासिल गरेका थियौँ,’ उनले भने, ‘०२८ सालपछि जागिरे शिक्षामा सीमित रह्यौँ ।’ अब विद्यालय शिक्षालाई सीपमूलक, स्वरोजगारमूलक बनाउनुपर्नेमा उनको जोड छ । नयाँ शिक्षा ऐनका लागि अभिभावकहरूको भूमिका पनि महŒवपूर्ण हुने भन्दै सभापति थापाले आफूहरूलाई सुझाव दिन आग्रह गरे । यस्तै, शिक्षा समिति सदस्य एवं पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले दूरदराजका सामुदायिक विद्यालयको अवस्था दर्दनाक रहेको बताए । 

सुझावित समाचार