प्रतिनिधिसभाको बैठक सर्‍यो

शुक्रबार, १५ चैत, २०८१
डिजिटल संस्करण

प्रतिनिधिसभाको आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसोका लागि सरेको छ । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले आज जारी गरेको बैठक बस्ने समय परिवर्तनसम्बन्धी सूचनामा ११ बजे बस्ने भनिएको बैठक दुई घण्टाका लागि सरेको हो । 

सूचनामा विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम २ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम सभामुख देवराज घिमिरेले उक्त समय निर्धारण गरेको उल्लेख छ ।
 

सुझावित समाचार