जिल्लाका तल्लो क्षेत्र माई नगरपालिकाको दानाबारी, रोङ गाउँपालिकाको विभिन्न क्षेत्रमा चियाको टिपाइ चैतदेखि सुरु हुन्छ। तर, केही माथिल्लो स्थान तथा इलाम बजार क्षेत्रमा भने भर्खरै चिया पलाउन सुरु भएको छ।
सन्दकपुर गाउँपालिकाको सुलुबुङ, माइजोगमाई गाउँ माथिल्लो क्षेत्रमा पनि चियाको बोटमा मुना पलाउन थालेका छन्।
इलामलगायत पूर्वी क्षेत्रमा ११ हजार ५६९ हेक्टरमा चियाखेती भइरहेको छ। जसमा १४ हजार ८९८ साना किसान चियाखेतीमा संलग्न छन्। तथ्यांकअनुसार हाल यहाँ एक करोड ८२ लाख केजी सिटिसी तथा ४९ लाख किलो अर्थोडक्स चिया उत्पादन हुने गरेको छ। रासस