जिल्ला प्रशासन कार्यालय सल्यानको परिसरमा लडेर घाइते भएका वृद्धको मृत्यु भएको छ।
बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउन आएका बागचौर नगरपालिका– ७, टाट्केका ७० वर्षीय टीकाराम वली कार्यालयपरिसरमै लडेर घाइते भएका थिए। गम्भीर घाइते वलीको सल्यान जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रशासनको भुईँ तलामा हिँड्ने क्रममा चिप्लिएर लड्दा उनको टाउकोमा चोट लागेको थियो। अहिले शव जिल्ला अस्पतालमा नै राखिएको छ।