संक्रमणकालीन न्याय पीडितकेन्द्रित हुनुपर्नेमा राजनीतिक नेतृत्व एकमत : प्रचण्ड

बिहिबार, १४ चैत, २०८१
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्याय पीडितकेन्द्रित हुनुपर्नेमा राजनीतिक नेतृत्व एकमत रहेको बताएका छन्।

बिहीबार संक्रमणकालीन न्यायसँग सम्बन्धित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। ‘टिआरसी र ट्रान्जिसनल जस्टिससँग सम्बन्धित कुरा मुख्यतः भिक्टिम सेन्टर्ड (पीडितकेन्द्रित) हुनुपर्छ। पीडितहरूलाई सम्बोधन गर्ने कुरालाई उच्च प्राथमिकतामा राख्नुपर्छ भन्ने कुरामा पनि राजनीतिक नेतृत्व तहमा कहिल्यै पनि विवाद भएन,’ उनले भने।

राजनीतिक उतारचढाब र कानुनी विषयले संक्रमणकालीन न्यायमा ढिलाइ भएको स्विकार्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सैद्धान्तिक रूपमा नेतृत्व तहमा टिआरसीमा कुनै विवाद नरहेको बताए।

उनले भने, ‘तमाम विवाद र विमतिबिच पनि शान्ति प्रक्रिया टुंग्याउनुपर्छ भन्ने कुरामा इन प्रिन्सिपल (सैद्धान्तिक रूपमा) हामी कहिल्यै पनि विवादमा भएनौँ। कहिले प्राविधिक, कहिले कानुनी र कहिले राजनीतिक उतारचढाव देशमा जो हुन्छन्, त्यसको कारणले डिले (ढिलाइ) त भयो । तर, योसँग सम्बन्धित प्रिन्सिपलमा विवाद भएको हुनाले डिले भएको भन्न मिल्दैन।’
 

सुझावित समाचार