सिटी एक्सप्रेसको ‘१८ गुणा’ योजनाको उपहार हस्तान्तरण

बिहिबार, १३ चैत, २०८१
डिजिटल संस्करण

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘१८औँ वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौँ गुणा’ योजनाको उपहार हस्तान्तरण कार्यक्रम गरेको छ । योजनामा कोरियाबाट नीराजन ढकालले जी मनी ट्रान्समार्फत नेपालमा आमालाई रकम पठाउँदा आफूले पठाएको रकमको १८ गुणा गरी सात लाख ५४ हजार तीन सय ६२ रुपैयाँ जितेका थिए । सोही रकम उनकी आमा निर्मला तिवारीलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा सिटी एक्सप्रेसका ब्रान्ड एम्बासडर एवं हास्यकलाकार जितु नेपालको उपस्थिति थियो ।  

सोही योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना दुईजनालाई सामसङको स्मार्ट फोन,  हरेक हप्ता दुईजनालाई सामसङकै स्मार्ट टिभी र ९० दिन लगातार १८ जना विजेतालाई  जनही पाँच सय रुपैयाँको सिटी पे वालेट टपअप पाउने भनिएको थियो । जसअन्तर्गत १६ सय २० जनाले दैनिक उपहार पाँच सयको वालेट टपअप, २४ जनाले साप्ताहिक उपहार स्मार्ट टिभी र ६ जनाले मासिक उपहार स्मार्ट  फोन  जितिसकेको कम्पनी जनाएको छ । 

सोही कार्यक्रममा कम्पनीले ०८२ सालको क्यालेन्डर पनि सार्वजनिक गरेको छ । हरेक वर्ष नयाँ–नयाँ विषय वस्तुलाई समावेश गरेर क्यालेन्डर प्रकाशन गर्ने सिटी एक्सप्रेसले यस वर्ष भने आर्थिक समृद्धिको विषयवस्तुमा क्यालेन्डर प्रकाशित गरेको जनाएको छ ।  

सुझावित समाचार