न्युरोड हबले सुपर कप टी–२० क्रिकेट प्रतियोगितामा लेखनाथ इगल्सलाई सात विकेटले हराएको छ। बुधबार पहिले ब्याटिङ गरेको लेखनाथले २० ओभरमा आठ विकेट गुमाएर ११८ रन जोडेको थियो।
न्युरोडले १४.३ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो। लेखनाथका मार्सल बरालले २१ बलमा १९ र प्रदीप तामाङले १८ बलमा १७ रन बनाए। न्युरोडका लागि धीरज अधिकारीले २६ बलमा ३७ रन जोडेका थिए। प्रतियोगिताअन्तर्गत बिहीबार लेखनाथ र लेकसाइड फाल्कोनबिच खेल हुनेछ।
१५ चैतसम्म हुने प्रतियोगितामा तीन टोली सहभागी छन्। अन्तरक्लब टी–२० क्रिकेट प्रतियोगिताबाट छनोट भएका ३६ जना खेलाडीलाई तीन समूहमा विभाजन गरी प्रतियोगिता आयोजना भएको हो।