बुढानीलकण्ठस्थित घरमा प्रहरीको छापा, दुई अर्बबराबरको अनलाइन जुवा खेल्ने ११ जना पक्राउ

बुधबार, १२ चैत, २०८१
डिजिटल संस्करण

अनलाइन जुवा खेल्ने तथा खेलाउने धन्दामा संलग्न ११ भारतीयलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको बुढानीलकण्ठ–३ देउलाटोलस्थित घर नै भाडामा लिएर अनलाइन जुवा खेलाउँदै आएको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंले छापा हानेको हो। 

भारतीय नागरिक राजस्थानका सनी मिणासहितका व्यक्तिलाई पक्राउ गरिएको एसपी अपिलराज बोहराले बताए। उनीहरूले दुई अर्ब ९६ लाखबराबरको अनलाइन जुवाको कारोबार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। उनीहरूले घर नै भाडामा लिएर यस्तो अपराध गर्दै आएका थिए।

दुई महिनाअघि पनि प्रहरीले बुढानीलकण्ठको अर्काे एक घरमा छापा हानी यस्तै अपराधमा संलग्न भारतीयलाई पक्राउ गरेको थियो। 

नेपालमा भारतीयहरूले घर नै भाडामा लिएर अनलाइन जुवा, क्रिप्टो करेन्सीको कारोबार तथा अन्य अनलाइन अपराध गर्दै आएको प्रहरीले जनाएको छ। दुई महिनाअघि ललितपुरको सानेपास्थित दुई घरमा पनि प्रहरीले छापा हानेर भारतीयलाई पक्राउ गरेको थियो। उनीहरूले नेपालमा बसेर अनलाइनमार्फत भारतीयलाई नै ठग्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। 

बुढानीलकण्ठबाट पक्राउ परेका भारतीयहरू-

सुझावित समाचार