वार्षिक १० हजार जनशक्ति उत्पादन गर्ने लक्ष्य
वार्षिक १० हजार दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित काठमाडौं टेक्निकल स्कुल (केटिएस) सञ्चालनमा आएको छ । आइएमई ग्रुप र आइएक्सआई कर्पले रोजगार बजारमा कुशल जनशक्तिको माग पूरा गर्न टेक्निकल स्कुल सञ्चालनमा ल्याएका हुन् । मंगलबार एक कार्यक्रमबिच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले धुम्बाराहीमा रहेको केटिएसको शुभारम्भ गरे ।
केटिएसले हस्पिटालिटी, कुलनरी आर्टस्, केयर गिभिङ, बारिस्ता, बार टेन्डिङलगायत तीन दर्जनभन्दा बढी विधामा तालिम सञ्चालन गर्ने बताइएको छ । यो स्कुल सञ्चालनमा आएसँगै अब आइएमई ग्रुप प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा पनि अगाडि बढेको छ ।