नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयपछि प्राधिकरणको केन्द्रीय कार्यालयअगाडि सुरक्षा सतर्कता कडा पारिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गरी हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको नयाँ कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो। सो निर्णयपछि रत्नपार्क क्षेत्रलगायतका स्थानहरूमा प्रदर्शन हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीको उपस्थिति बढाइएको हो।
घिसिङलाई हटाएको विरोधमा नेकपा (एकीकृत समाजवादी)निकट जनसंगठनले प्रदर्शन गरेको छ। मंगलबार बिहान प्रदर्शनकारीहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको पुत्ला दहनसमेत गरेका थिए।
यसैबिच, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीले घिसिङको हटाइप्रति कडा आपत्ति जनाएका छन्। सत्तारूढ दल नेपाली कांग्रेसभित्रै पनि यस विषयमा चर्को असन्तुष्टि देखिएको छ।
हेर्नुस् तस्बिरहरू :




