प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबद्वारा कर्णालीलाई १४८ रनको लक्ष्य

मंगलबार, ११ चैत, २०८१
डिजिटल संस्करण

दाङको लमहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले कर्णाली प्रदेश टिमलाई १४८ रनको लक्ष्य दिएको छ ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिस क्लबले ४८ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनायो । पुलिसका लागि अर्जुन साउदले सर्वाधिक ३६ रन जोडे । उनले ६० बल खेल्दै चार चौका र एक छक्का हाने । यस्तै, दिलीप नाथले ५९ बलमा दुई चौकासहित ३४ रन बनाए।

यसैगरी, पुलिसका लागि सागर ढकालले अविजित  २२ रन, अमित श्रेष्ठ सात, गुल्सन झाले आठ, ललितनारायण राजवंशीले सात, करण केसीले ६ तथा श्रवण यादवले ११ रन बनाए । बलिङतर्फ कर्णालीका लागि अर्जुन चनाराले चार, कप्तान दिवान पुनले तीन तथा दिनेश अधिकारी, दीपेन्द्र रावत र सुनील धमलाले एक–एक विकेट लिए ।

दाङमा पहिलोपटक आयोजना भएको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा अपराजित रहँदै  पुलिस क्लब अंक–तालिकाको शीर्ष स्थानमा रहेको छ।  कर्णाली प्रदेश पाँचौँ स्थानमा छ । 

सुझावित समाचार